काठमाडौँ/ आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार बिहीबार प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य स्थिर रहँदै शुक्रबार पनि प्रतितोला ७१ हजार ६ सय रुपैयाँमै कारोबार भैरहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस्तै, तेजाबी सुनको मूल्य स्थिर रहेको छ । आज प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

शुक्रबार चाँदीको मूल्य पनि स्थिर रहँदै प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।