काठमाडौँ / आज साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार शुक्रबार प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य स्थिर रहँदै आइतबार पनि प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा नै  कारोबार भैरहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस्तै, तेजाबी सुनको मूल्य स्थिर रहेको छ । आज प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

तर, आइतबार चाँदीको मूल्य भने बढेको छ । आज प्रतितोला ५ रुपैयाँले बढ्दै ८ सय ५५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।