अहिले स्मार्ट फोन तथा मोबाइलको बढ्ता प्रयोग मानिसका लागि दुव्र्यशन बन्दै गएको छ, जसका कारण मानिसको मानसिकतामा मात्र नभएर यौन जीवनमा समेत असर गरिरहेको पाइएको छ ।

मोरक्कोको एक विश्वविद्यालयको अध्ययनका अनुसार करिब ६० प्रतिशत मानिसले स्मार्ट फोनका कारण यौन जीवनमा समस्या भोगिरहेको बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

९२ प्रतिशतले राती फोन प्रयोग गर्छन्

मेरक्को न्यूजले वैज्ञानिक अध्ययनको हवाला दिँदै भनेको छ कि सबै ६०० सहभागीहरुसँग स्मार्ट फोन थियो र त्यसमा ९२ प्रतिशतले राती मोबाइल प्रयोग गर्ने बताए ।

लगभग ५० प्रतिशतले यौन जीवन सुखद नभएको बताएको उल्लेख छ किनकि उनीहरुले लामो समयसम्म स्मार्ट फोनको प्रयोग गरेका थिए ।

तिनमा ८ प्रतिशतले मात्र राती मोबाइल फ्लाइट मोडमा राख्ने गरेको उल्लेख गरे । अध्ययनमा पाइयो कि स्मार्ट फोनले २० देखि ४५ वर्षका मानिसलाई नकारात्मक असर गरेको छ, जसमा ६० प्रतिशतले भनेका छन् कि स्मार्ट फोनका कारण उनीहरुको यौन जीवनमा नकारात्मक असर परेको छ ।

आगमन कलको जवाफ दिँदा यौनमा बाधा

अमेरिकाको एउटा कम्पनी स्योकलको एउटा सर्भेक्षणले भनेको छ, लगभग तीन चौथाई मानिसले मानेका छन् कि उनीहरु राती आफ्नो विस्तरामा वा खल्तीमा स्मार्ट फोन राखेर सुत्छन् । अध्ययनमा सहभागीमध्ये एक तिहाईले भनेका छन् कि आगमन कलको जवाफ दिनाले यौन कर्ममा बाधा पुगेको छ ।लोकसंवाद