सुनसरी/ सुनसरी भोक्राहा नरसिंह-५ स्थित पुर्व पश्चिम राजमार्गमा एम्बुलेन्स ट्रकमा ठोकिदा एम्बुलेन्समा सवार उदयपुर चौडण्डीगडी ५ बस्ने ५० बर्षीय चेत बहादुर बिष्टको मृत्यु भएको छ।

आज बिहान साढे ८ बजे पश्चिम तर्फ जादै गरेको ना.७ ख.३५५३ नम्बरको ट्रकलाई सोहि दिशा तर्फ जादै गरेको स.१ च.४९६ नम्बरको एम्बुलेन्सले पछाडीबाट ठक्कर दिदा एम्बुलेन्समा सवार मध्येका बिष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

साथै एम्बुलेन्स चालक सहित सवार चार जना घाईते भएकोमा तिन जनाको नोबेल अस्पताल बिराटनगर र चालकको जिल्ला अस्पताल ईनरुवामा उपचार भईरहेको सोही कार्यालयले जनाएको छ। दुबै साधन र ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेका छन।