नेपाल राष्ट्र बैंकले मंगलबार (पुस ८) जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ५९ पैसा र बिक्रीदर ११४ रुपैयाँ १९ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १२५ रुपैयाँ ८४ पैसा र बिक्रीदर १२६ रुपैयाँ ५१ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४८ रुपैयाँ १४ पैसा रहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ४२ पैसा र बिक्रीदर २७ रुपैयाँ ५६ पैसा रहेको छ।

यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २० पैसा र बिक्रीदर ३१ रुपैयाँ ३६ पैसा रहेको छ ।

र, युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०९ पैसा रहेको छ ।