काठमाडौं/ के तपाईंलाई चिसोको समयमा रक्तचाप (ब्लडप्रेसर) बढेको छ ? यदि छ भने समयमै चिकित्सकसँग जाँच गर्नुहोला । बेवास्ता गर्नुभयो भने ज्यानै पनि जान सक्छ ।

जाडोमा अन्य समयभन्दा ३० प्रतिशत बढी हृदयाघातको सम्भावना रहने भन्दै चिकित्सकले सतर्कता अपनाउन सुझाव दिएका हुन् । चिसो भएपछि रगतको नली खुम्चँदै जाने र रक्तचाप बढ्ने भएकाले विशेष सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका हुन् । चिकित्सकका अनुसार रक्तचाप जति बढ्यो मुटुका धमनी पनि बिग्रंदै जान्छ ।

मुटुरोग विशेषज्ञ डा. प्रेमराज वैद्यले जाडो भएपछि चिल्लो र गुलियो बढी खाँदा सुगर र कोलेस्ट्रोल बढेर हृदयाघात हुने सम्भावना रहने बताए । उनले भने, ‘जाडोमा अन्य समयभन्दा ३० प्रतिशत बढी हृदयाघात हुने सम्भावना रहन्छ । यस्तै, अन्य समयभन्दा २० प्रतिशत बढी पक्षघात रहने सम्भावना रहन्छ ।’

चिकित्सकहरूका अनुसार जाडोको समयमा घाम कम हुने भएकाले भिटामिन डीको कमी भई अन्य समयभन्दा ५ प्रतिशत बढी हृदयाघात हुने सम्भावना रहन्छ । वरिष्ठ मुटु रोग विशेषज्ञ डा. हरिहर खनालले मानिसको जीवनशैलीका कारण ‘सडेन कार्डिएक डेथ’ हुने गरेको बताए ।

उनले भने, ‘जीवनशैली, तनाव, अल्छीपना, मोटोपनाका कारण हृदयाघात हुने सम्भावना बढी हुन्छ त्यसैले जीवनशैली परिवर्तन गर्न जरुरी छ । मुटुको समस्या देखिए तुरुन्त अस्पतालमा जानुपर्छ ।’ राजधानी दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah