काठमाडौँ / आज बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । मंगलबार प्रतितोला ७२ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बुधबार प्रतितोला ६ सयले बढ्दै ७२ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, तेजाबी सुनको मूल्य पनि बढेको छ । आज प्रतितोला ७२ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
बुधबार चाँदीको मूल्य पनि बढेको छ । आज प्रतितोला १० रुपैयाँले बढ्दै ८ सय ८५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।



