आजभोली महिला मात्र नभएर पुरुषमा पनि कपाल झर्ने समस्या धेरै देखिएको छ । यसरी कपाल झर्नुको मुख्य कारण एस्ट्रोजेनेटिक एलोपिका हो जुन पुरुषमा हुन्छ । यो म्त्ज् हर्मोनमा असन्तुलन हुँदा टाउकाको एक हिस्साबाट तीव्र कपाल झर्ने गरेको एक अनुसन्धानमा भनिएको छ । अध्ययनका अनुसार ३० प्रतिशत पुरुष ३० वर्ष नपुग्दै यो समस्यामा देखिन थाल्छ ।
एस्ट्रोजेनेटिक एलोपिका पुरुषमा हेयरफलको एक मात्र कारण होइन। यी विभिन्न कारणले कपाल झर्ने गर्छ,
यी हुन कपाल झर्ने कारण
अस्वस्थकर खाना
डाइटमा सही मात्रामा पोषण नहुँदा शरिरमा आइरन, भिटामिन ए, प्रोटिन, जिङ्क, क्याल्सियम जस्ता पौष्टिक तत्वको कमी हुन थाल्छ। जसको कारण कपाल झर्ने समस्या निम्तिन्छ।
वंशाणुगत गुण
यदि परिवारमा कसैको कपाल झरेको थियो, आफ्नो बाबु वा आमाको पुस्तामा कसैमा यो समस्या थियो भने सोको कारण पनि तपाइको कपाल झर्न सक्दछ।
रक्सी
बढी रक्सी पिउँदा शरिरमा टक्सिक पदार्थ बढ्न थाल्छ। आइरन, जिङ्क, पानीमा कमी हुन्छ। फलतस् कपाल झर्छ।
चिन्ता
कपाल झर्नुमा अर्को प्रमुख कारण हो चिन्ता। चिन्ताले शरिरको हर्मोनको सन्तुलन बिग्रन्छ। साथै शरिरको शक्ति अनावश्यक रुपमा नष्ट हुन्छ।
धुम्रपान
चुरोटमा हुने निकोटिनको कारण रगतका नशा साँघुरिन थाल्दछन्। जसको कारण शरीरमा अक्सिजन लेभल कम हुन्छ। यसले शरिरको अंगहरुको साथ कपाललाई पनि असर पुर्याउँछ।
औषधीको साइडइफेक्ट
ब्लड प्रेशर, डिप्रेसन, मुटु रोग आदीको निदानको लागि प्रयोग गरिने औषधीको साइडइफेक्टको कारण पनि कपाल झर्ने गर्छ।
छालाको इन्फेक्सन
टाउकोको छालामा समस्या छ भने पनि कपाल झर्न सक्छ। चाँया निकै छ भने कपाल झर्ने समस्या निम्तिन सक्छ।
समाधानको उपाय
प्याज र कागती : टाउकाको जहाँ जहाँ कपाल कम छ दैनिक बराबर मात्रामा प्याज र कागतीको रस लगाउनुस्। रस लगाएको आधा घण्टा पनि टाउको पखाल्नुस्।
निम र अमला : निमको पात र अमला पानीमा उमाल्नुस्। पानी सेलाएपछि यही पानीले टाउको पखाल्नुस्। हप्तामा कम्तिमा २ पटक यसो गर्नुस्।
हरियो धनियाँ : कपालको जरामा हरियो धनियाँको रस लगाउनुस्। १५ मिनेट पनि पखाल्नुस्। यसले कपाल बाक्लो आउँछ अनि चमक पनि बढ्छ।
केरा : केराको पेस्टमा कागतीको रस मिलाइ कपालमा लगाउनुस् अनि आधा घण्टा पनि कपाल धुनुस्।
कपाल पखाल्दा स्याम्पु सधै एकै खाले मात्र प्रयोग गर्नुपर्छ । सामान्य बजारमा पाइने स्याम्पु भन्दा आयुर्वे्दिक औषधी पसलमा किन्न पाइने स्याम्पुको प्रयोग बढी प्रभावकारी मानिन्छ ।



