काठमाडाैं / प्रत्येक दिन संसारमा १ लाख जहाजहरू आफ्नो गन्तव्यमा उड्ने गर्छन् । छोटो दूरीदेखि लामो दूरीसम्म उड्ने जहाजमा लाखौँ यात्रीहरू यात्रा गरिरहेका हुन्छन । तपाईं रेगुलर जहाजको यात्री भएपनि तपाईंलाई जहाज उडानका बारेमा कतिपय कुराहरू थाहा नहुन सक्छ । यहाँ हामीले त्यस्ता ७ रोचक तथ्य खोजेका छौं, तपाईले सायदै जान्नुभएको होला ।

जहाजभित्रको हावा सहारा मरुभूमिजत्तिकै सुख्खा हुन्छ

जहाजमा यात्रा गर्ने जो कोहीले पनि आफ्नो छाला सुख्खा पाउँछन् । त्यसको विशेष कारण छ । जहाजभित्रको हावामा जम्मा २० प्रतिशत ओस हुने गर्छ । जबकी बाहिररी वातावरणको हावामा ७० प्रतिशत सम्म पानीको बाफ हुने गर्छ ।

सबैभन्दा तेज जहाजको गति आवाजको भन्दा दोब्बर

सन् १९७६ देखि २००३ सम्म कन्कर्ड जहाज चल्ने गर्थ्यो जसको गति आवाजको भन्दा दोब्बर हुने गर्थ्यो । यो अमेरिकाको न्यूयोर्कदेखि बेलायतको लन्डनसम्म उड्ने गर्थ्यो । उडानको समय जम्मा २ घण्टा ५२ मिनेट थियो । जबकी अन्य जहाजहरूले यही दूरीमा घन्टौंसम्म उड्नु पर्थ्यो । कारण कन्कर्ड विमानको गति थियो ।

सन् २००० मा भीषण दुर्घटना भएपछि उक्त विमानलाई उड्न रोक लगाइयो । कन्कर्ड विमान यति धेरै महँगो हुने गर्दथ्यो कि सामान्य जनताले त्यो जहाजमा चढ्ने औकात राख्दैनथिए ।

एक इन्जिनले उड्न सक्छ, बिना इन्जिन ल्याण्ड गर्न सक्छ

जहाजको बारेमा अर्को रोचक तथ्य छ । जहाज जम्मा एउटा इन्जिनले मात्र पनि टेक अफ हुन सक्छ भने दुईवटै इन्जिन बन्द गरेर पनि ल्याण्ड हुन सक्छ ।

प्लेनको पछाडिको भाग सुरक्षित

यदि तपाईं जहाजमा यात्रा गर्दै हुनुहुन्छ भने जहाजको पछाडि बस्नुहोला । सन् २०१५ मा गरिएको एक अध्ययन अनुसार जहाजमा रहेका अगाडिपट्टीका सीट सुरक्षित नहुने तथ्य सार्वजनिक भएको थियो । दुर्घटना भइसकेपछि पछाडि बसेका यात्रु जोखिममा पर्ने सम्भावना ३२ प्रतिशत हुन्छ भने अगाडि बस्नेहरू जोखिममा पर्ने सम्भावना ३९ प्रतिशतसम्म हुन्छ ।

पाइलट र कोपाइलटले फरक फरक खाना खान्छन्

यो सबैभन्दा चकित पार्ने तथ्य हो । जहाज उडानको समयमा पाइलट र को-पाइलटले फरक फरक खाना खाने गर्छन् । यसपछाडिको तर्क अचम्मको छ । यदि दुवैले एउटै खाना खाए र खाना ठीक रहेनछ भने दुवै बिरामी पर्छन् र यात्रुको जीवन जोखिममा पर्न सक्छ । त्यही भएर जहाजका दुवै पाइलटले फरक फरक खाना खाने गरेका हुन् ।

उड्ने र ओर्लने समयमा जहाजभित्र किन बत्ती मधुरो हुन्छ ?

बत्ती यत्तिकै मधुरो हुने होइन । यदि ल्याण्ड गर्दा केही बिग्र्यो र इमर्जेन्सी इभाकुएट गर्नुपर्यो भने यात्रुको आँखा पहिल्यैदेखि अँध्यारोमा बानी परिसकेको हुन्छ ।

सबैभन्दा फोहोर ट्वाइलेट हुँदैन

जहाजमा धेरैले सोच्छन्, फोहोरो ठाउँ के होला ? वास्तवमा त्यो ठाउँ ट्वाइलेट होइन बरू तपाईंहरूलाई खाना ल्याउने लैजाने ट्रे हो । ट्राभल म्याथले गरेको एक अध्ययनअनुसार ट्रेको प्रति वर्गइन्चमा २ हजार १ सय ५५ भन्दा बढी ब्याक्टेरिया हुन्छन् । तर ट्वाइलेटमा जम्मा २ सय ५६ ब्याक्टेरिया हुन्छ । जहाजमा खाना बाँड्ने ट्रे निकै कम सफा गरिन्छ ।लोकान्तर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah