नियमित व्यायाम शरीरका लागि एकदमै फाइदाजनक छ । किनभने व्यायाम गर्नाले तपाइको शरीर फिट र स्वस्थ रहन्छ । तर यदि तपाई नियमित व्यायाम गर्न सक्नु हुदैन भने यी गतिविधि अपनाउनुहोस् जसले तपाईको स्वास्थ्य सम्बन्धिको गम्भीर रोगलाई टाढै राख्ने छ ।

१. ध्यान गर्नु

ध्यान गर्दा हाम्राे शरीरलाई कैयाैं फाइदा मिल्छ। यसकारण पनि पूर्वीय सभ्यतामा स्वस्थ स्वास्थ्यका लागि हजाराै वर्षदेखि ध्यान गरिँदै आइएकाे छ । नियमित रूपमा ध्यान गर्नाले पाचन प्रक्रिया सुचारू हुन्छ, ब्लड प्रेसर कम हुन्छ, तनावबाट मुक्त भइन्छ । ध्यान गर्नाले मानिसलाई खुसी राख्नेवाला सेरोटोनिन र डोपामाइन केमिकल्सको मात्रा बढ्छ । यदि तपाइलाई कुनै पनि किसिमकाे दुख छ भने प्रत्येक दिन ध्यान गर्नुहाेस् ।

२. अरूकाे मदत गर्नु

अरूकाे मदत गर्नुलाई पक्कैपनि तपाइले पुण्य कामसँग जाेड्नु हुनेछ तर विज्ञानलाई विश्वास गर्ने हाे भने अरूकाे मदत गर्नुभन्दा राम्राे काम अरू कुनै छैन । अमेरिकाकाे पत्रिका ‘पब्लिक हेल्थ’ मा छापिएकाे शोध अनुसन्धानलाई मान्ने हाे भने जाे मानिस अरूकाे मदत गर्दछ उसकाे ब्लड प्रेसर सामान्य रहन्छ । तनाव हुँदैन र उनिहरूकाे पनि लामाे हुन्छ । हामी अरूलाई शारीरिक र मानसिक तवरका मदत गर्न सक्दछाै ।

३. खाना पकाउनु

यदि तपाइ खाना बनाउन साेखिन हुनुहुन्छ भने याे खबर तपाइका लागि लाभदायक छ,र यदि तपाइकाे आदत र पेसा नै खाना पकाउनु छ भने त झन् फाइदाजनक भइहाल्याे। खाना बनाउनु नियमित व्यायाम गर्नु जत्तिकै हाे । सन् २०१४ मा भएकाे एक शोध रिसर्चलाई मान्ने हाे भने जाे मानिस खाना बनाउन साेखिन हुन्छ त्याे मानिस अरूकाे तुलनामा माेटाेपनकाे सिकार हुँदैन किनभने खाना बनाउनाले प्रत्येक दिन १३० क्यालोरी जलेर नष्ट हुन्छ । त्यसैले यदि तपाइ माेटेपनबाट छुटकारा पाउन चाहानुहुन्छ भने नियमित खाना बनाउनुहाेस् ।

४. यात्रा गर्नु

यदि तपाइ घुम्नमा साेखिन हुनुहुन्छ भने सुनमा सुगन्ध भने झैँ हुने भयाे । साच्चे घुम्नुका कैयाैं फाइदा हुन्छन् । एक त तपाइ जान्नुहुनेछ र दाेस्राे सबैभन्दा अहम् फाइदा याे छ कि यात्रा गर्नाले तपाइ फिट र निराेगि पनि रहनुहुन्छ । सन् २०१० मा साइकोसोमेटिक मेडिसिन नामकाे पत्रिकामा छापिएकाे शोध रिसर्चलाइ मान्ने हाे भने यात्रा गर्दा हाम्राे शरीरमा ब्लड प्रेसरकाे मात्रा सामान्य रहन्छ । तनावका लागि जिम्मेवार हर्माेनकाे मात्रा पनि कम हुन्छ । यसका साथै क्यान्सरकाे खतरा पनि कम हुन्छ ।

५. घर पालुवा जनावरसँग खेल्नु

याे तिनि मानिसहरूका लागि हाे जसले घर पालुवा जनावरसँग प्रेम गर्दछ र जसका घरमा पाल्तु जनावर छन् । यदि तपाइ पाल्तु जनावरसँग खेल्नुहुन्छ भने तपाइकाे ब्लड प्रेसर सामान्य रहन्छ, र कोलेस्ट्रल काे स्तर पनि बढ्ने छैन । एक्लाेपनकाे महसुस हुनेछैन र मानसिक राेग पनि लाग्दे छैन। सन् २०११ मा शाेधमा याे कुरा पत्ता लागेकाे थियाे ।

६. कडाइ र बुनाई

नियमित रूपमा यदि तपाइले आफुलाइ सिलाइ र कडाइमा व्यस्त राख्नु भयाे भने तपाइलाइ बिल्कुलै तनाव हुनेछैन । सन् २०१३ मा अमेरिकामा भएकाे एक सर्वेमा याे कुरा पत्ता लागेकाे हाे । जो मानिस सिलाइ कडाइ र बुनाइ गर्दछन् उनकाे दिमागकाे काम गर्ने क्षमता बढी हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah