सपनाले वास्तविक जीवनका धेरै पक्षबारे जानकारी दिन्छ ।

कहिलेकाहीँ नराम्रा सपना देखिन्छन्, जसका लगि केही विधि अपनाउनु जरूरी छ । यसो गरेको खण्डमा नराम्रा सपनाको दोष कट्टा हुन्छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

१. खराब सपना देखेर ब्युँझियो भने फेरि सुतेपछि उक्त सपनाको असर समाप्त हुन्छ ।

२. अत्यन्तै अशुभ सपना देखे निम्न श्लोक तीनपटक वा यथाशक्य जप गरे खराब सपनाको फल नष्ट हुन्छ।

विष्णु नारायणं कृष्णं: माधवं मधुसुदनमं हरि नरहरि राम गोविन्द दधिवामनमं ।।

३. भगवान विष्णुको निम्न आठ नामहरू बिहानको नित्यकर्म सकेर पूर्वतर्फ फर्केर भक्तिपूर्वक स्मरण गरे खराब सपनाको प्रभाव नष्ट हुन्छ।

अच्युतं, केशवं, बिष्णुं, हरि सत्यं जनार्दनमां। हंसं, नारायणञ्चैव एतन्नामाठटकं शुभम ।।

४. निम्न मन्त्रको जप दशपटक गर्ने शास्त्रोत्त विधान बताइएको छ।

ॐ हीं त्रीं पूर्व दुर्गतिनाशिन्यैमहामायायै स्वाहा।

५. खराब सपनाको अशुभ फल नाश गर्न बिहानै उठेर स्नान आदि गरी भगवानको प्रार्थना स्मरण र यथाशक्य दान गर्नु उपयोगी हुन्छ ।