क्रिकेट खेलका प्रशंसक एक अफगानी नागरिक शेर खान भारतको लखनउमा क्रिकेट हेर्न पुगेका थिए । आठ फीट अग्ला खानलाई लम्बाइका कारण होटलमा कोठा पाउन मुश्किल पर्यो । सबै कागजात दुरुस्त भए पनि उनले कोठा पाएनन् । अन्तिममा उनी प्रहरीको शरण पर्नुपर्यो ।
शेर खान लखनउमा खेल हेर्न पुगेका थिए । आफ्नो हाइटका कारण कुनै पनि होटलवालाले कोठा नदिएको गुनासो उनले प्रहरीसमक्ष गरे ।
एसएसपी विकास चन्द्र त्रिपाठीले शेर खानको लम्बाइ ८ फीट ३ इन्च भएको बताए । उनको कद देखेर होटलवालाहरू डराएको त्रिपाठीले बताए ।
प्रहरीले चारबागस्थित एक होटलमा उनलाई कोठा दिलाएको छ । खानलाई विशेष रोग लागेका कारण यति धेरै अग्ला भएका हुन् । एजेन्सी



