शरीर विज्ञान पढाउने एक शिक्षिका भेरोनिका डुकले आफ्ना विद्यार्थीहरूले सजिलै बुझून् भनेर आन्तरिक अंगहरू देखाउने कपडा लगाएर कक्षा लिएकी छन् ।

विगत १५ वर्षदेखि शिक्षण पेशामा रहेकी डुकले विद्यार्थीहरूलाई शरीरका आन्तरिक अंग बुझ्न गाह्रो परेको थाहा पाएपछि अंग देखाउने वस्त्र लगाएकी थिइन् ।

शिक्षिकाका पतिले ट्विटरमा आफ्नी पत्नीको तस्वीर पोस्ट गर्दै आठ वर्षका बालबालिकालाई पाठ बुझाउनका लागि उनले गरेको प्रयास राम्रो भएको बताए ।

उनको पोस्टमा ६५ हजारभन्दा बढी लाइक र १३ हजारभन्दा बढी रिट्वीट आयो । एकजना ट्वीटेले लेखे, ‘महान् । दर्शनीय । गजब । विद्यार्थीहरूले यो पाठ जिन्दगीभरि भुल्ने छैनन् ।’

अर्काले लेखे, ‘विद्यार्थीहरूलाई बुझाउनका लागि त्यस्तो इच्छा राख्ने थप शिक्षक आवश्यक छन् ।’

भेरोनिका डुक विज्ञान, कला, अंग्रेजी र स्पेनिस पढाउँछिन् । उनले अन्लाइनमा उक्त वस्त्र भेटेको र त्यो लगाउनु ठीक हुने ठानेको बताइन् ।

भेरोनिकाले आफ्ना विद्यार्थीहरूलाई अन्य तरिका अपनाएर पनि आश्चर्यमा पार्ने गरेकी छन् । उनले इतिहास पढाउँदा ऐतिहासिक पात्रको भेषभूषा धर्ने गरेकी छन् ।लोकान्तर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah