काठमाडौँ । चार दिनयता नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। शुक्रबार तोलामा ७३ हजार ३०० मा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार पनि उही मूल्यमा कारोबार भएको छ ।

यता चाँदीको मूल्य भने घटबड भइरहेको छ । शुक्रबार तोलामा ८९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार ८८५ रुपैयाँमा कारोबार भयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस्तै सोमबार फेरि ८९० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार सुनको मूल्य यो हालसम्मकै उच्च हो ।