काठमाडौँ / हिजो स्थिर रहेको नेपाली बजारमा सुनको मूल्य आज बढेको छ। सोमबार तोलामा ७३ हजार ३०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज मंगलबार ७३ हजार ५ सयमा कारोबार भएको छ ।

यस्तै आज तेजावी सुनको मुल्य ७३ हजार २०० कायम भएको महासंघले जनाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस्तै आज चादीको भाउ पनि बढेको छ । हिजो सोमबार ८९० मा कारोबार भएको चादी आज रु ९०० मा कारोबार भैरहेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।