काठमाडौँ/ आज (बुधबार) नेपाली बजारमा सुनको भाउ स्थिर रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार मंगलबार प्रतितोला ७३ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य स्थिर रहँदै बुधबार पनि प्रतितोला ७३ हजार ५ सय रुपैयाँमै कारोबार भैरहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस्तै, तेजाबी सुनको मूल्य पनि स्थिर रहँदै आज प्रतितोला ७३ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

मंगलबार चाँदीको मूल्य भने घटेको छ । आज प्रतितोला १० रुपैयाँले घट्दै ८ सय ९० सय रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।