स्ट्याण्डर्ड चाटर्ड बैंक (SCB) ले बिक्री गरेको २५ लाख ५८ हजार एक सय ४० कित्ता नयाँ साधारण सेयर (एफपीओ) को बाँडफाँड शुक्रबार हुने भएको छ । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले शुक्रबार स्ट्याण्डर्ड चार्टडको एफपीओ वाँडफाँड गर्ने जानकारी दिएको हो ।

धितोपत्र बोर्डले ५० दिनभित्रै एफपीओ बाँडफाँड गर्न निर्देशन दिए अनुसार यसै साता बाँडफाँड गर्न लागिएको क्यापिटलले जनाएको छ । क्यापिटलका मर्चेन्ट बैकिङ प्रमुख कमल नेपालले बोर्डले दिएको समयसिमा भित्रै रहेर एफपीओ बाँडफाँड गर्ने तयारी भएको बताए ।

चार्टर्डले गत चैत १ देखि ४ गतेसम्म फेस भ्यालू एक सय रुपैयाँमा ११ सय ९० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता १२ सय ९० रुपैयाँका दरले २५ लाख ५८ हजार एक सय ४० कित्ता नयाँ सेयर बिक्री खुला गरेको थियो ।
चार्टडको एफपीओमा दुई लाख २५ हजारभन्दा बढीले ३८ अर्ब २० करोड ९४ लाख ९३ हजार ५४० रुपैयाँ बराबरको आवेदन दिएका थिए ।

एफपीओको विक्रीपछि चार्टर्डको चुक्ता पुँजी चार अर्ब ५७ लाख रुपैयाँ हुनेछ । यसैगरी, चार्टर्डको संस्थापक सेयरधनीहरुको सेयर स्वामित्व ७०.२१ प्रतिशत र सर्वसाधारणको २९.७९ प्रतिशत हुनेछ ।

चार्टर्डले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७४ करोड एक लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ३९ रुपैयाँ ४८ पैसा (वार्षिक) रहेको चार्टर्डको प्रतिसेयर नेटवर्थ २२० रुपैयाँ २९ पैसा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah