काठमाडौं/ सरकारले पक्राउ गरेरै भए पनि किसानको भुक्तानी भराउने चेतावनी दिएपछि चिनी उद्योगीहरू सम्पर्कमा आएका छन् । उनीहरूले तत्काल रकम भुक्तानी गर्ने प्रतिबद्धतासमेत जनाएका छन् । रिलायन्स, वाग्मती, महालक्ष्मी र श्रीराम सुगर मिलका मालिकले मंगलबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई भेटेरै प्रतिबद्धता जनाएका हुन् ।

अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाल पनि सम्पर्कमा आइसकेको मन्त्री भट्टले बताए । ‘रिलायन्स, वाग्मती, श्रीराम र महालक्ष्मी सुगर मिलका सञ्चालक सम्पर्कमा छन् । छिट्टै भुक्तानी गर्ने प्रतिबद्धता जनाएका छन्,’ उद्योगमन्त्री भट्टले भने, ‘अन्नपूर्ण सुगर मिलका मालिक राकेश अग्रवाल पनि सम्पर्कमा आएको जानकारी पाएको छु ।’ उखु मिलबाट भुक्तानी नपाएपछि पीडित किसान ११ दिनदेखि राजधानीमा आन्दोलनरत छन् ।

उखु उद्योग सम्पर्कमा नआएको भन्दै उद्योग मन्त्रालयले चिनी उद्योगी खोजिदिन गृह मन्त्रालयमा आइतबार पत्राचार गरिसकेको छ । उद्योगको पत्र गृहले सोमबार दर्ता गरेको जानकारी दिएको छ । सोमबारै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले पनि चिनी उद्योगीलाई पक्रिएरै भए पनि किसानको भुक्तानी दिलाउन उद्योग र कृषि मन्त्रालयलाई निर्देशन दिइसकेको छ । गृहले बक्यौता नतिर्ने व्यापारीलाई पक्राउ गर्न मंगलबार प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिइसकेको छ । गृहले प्रहरी मुख्यालयलाई ‘अत्यन्त गोप्य’ पत्र पठाउँदै चिनी उद्योग सञ्चालक राकेशकुमार अग्रवालसहित आधा दर्जन उद्योगीलाई पक्राउ गरेर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको औद्योगिक तथा लगानी प्रवर्द्धन महाशाखालाई बुझाउन निर्देशन दिएको हो । यही कारणले पक्राउ परिएला कि भन्ने त्रासमा उद्योगीहरू मन्त्रालयको सम्पर्कमा आाएका हुन् ।

महालक्ष्मी सुगर मिलका सञ्चालक वीरेन्द्र कनोडियाले पुस २५ भित्र सबै भुक्तानी गरिसक्ने प्रतिबद्धता जनाएको मन्त्रालयले बताएको छ । महालक्ष्मीले करिब २० करोड भुक्तानी गर्न बाँकी छ । किसानलाई १० दिनभित्र भुक्तानी नगरे कानुनी प्रक्रिया थालिने मन्त्री भट्टले जानकारी दिए । ‘प्रतिबद्धताअनुसार १० दिनको समय दिएका छौं,’ उनले भने, ‘भनेको समयमा भुक्तानी नभए अब कानुनी प्रक्रियामा जान्छौं ।’

मन्त्री भट्टले मंगलबार बसेको प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा पनि उखु उद्योगी र व्यापारी मन्त्रालयको सम्पर्कमा आएको बताएका थिए ।

कनोडिया प्रदेश २ मा कांग्रेसबाट सांसद छन् । श्रीराम सुगर मिलले किसानको भुक्तानी पनि गर्छु र मिल पनि सञ्चालन गर्छु भनेको जानकारी भट्टले समितिलाई गराएका थिए । श्रीरामले करिब ४२ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । श्रीरामका सञ्चालक हितेश गोल्छा र विशाल अग्रवाल हुन् ।

लुम्बिनी सुगर मिलका सञ्चालक मनीष अग्रवालको निधन भइसकेकाले परिवारसँग सम्पर्क गराइदिन अनुरोध गरेको उनले बताए । ‘लुम्बिनी सरकारकै मिल हो, भाडामा अग्रवालले सञ्चालन गरिरहेका थिए,’ मन्त्री भट्टले भने, ‘सञ्चालक बितेपछि समस्या देखिएको छ । परिवार सम्पर्कमा आएपछि त्यसको पनि टुंगो लाग्छ ।’ उखु किसानले भुक्तानी नपाएपछि तत्कालीन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको पहलमा गृहले चिनी उद्योगी राकेश अग्रवाललाई पक्राउ गरेको थियो । प्रहरीले पक्राउ गरेपछि तत्काल भुक्तानी गर्ने सर्तमा अग्रवाल रिहाइ भएका थिए । ‘चिनी उद्योगीहरू कसको बलमा चलेका छन् । त्यो बुझ्न सकिएन,’ यादवले भने, ‘त्यसको मारमा किसान छन् ।’

अब किसानले उखु मिलमा लैजानेबित्तिकै भुक्तानी दिलाउने गरी कार्यविधि बनाइने मन्त्री भट्टले बताए । ‘त्यसको पहल भइरहेको छ,’ उनले भने । राज्यले दिने अनुदान पनि ढिला नगरी किसानलाई पुर्‍याइने उनको भनाइ छ । यसबारे अर्थमन्त्रीसँग छलफल भएको उनले बताए ।

उखु किसान काठमाडौंमा आएर आन्दोलित हुनुपर्ने अवस्था सिर्जना भएको भन्दै नेपाल घरेलु तथा साना उद्योग महासंघले ध्यानाकर्षण भएको जनाएको छ । ‘किसानलाई भुक्तानी दिने सम्बन्धमा एक वर्षअघि नै निजी क्षेत्रसमेतको सहभागितामा उद्योग मन्त्रालयमा सहमति भइसकेको हो,’ महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हालसम्म पनि किसानले भुक्तानी नपाउनु दुस्खद हो । चिनी उद्योगीहरूलाई उखु किसानको रकम अविलम्ब भुक्तानी दिन आग्रह छ ।’ किसानले भुक्तानी नपाएको विषयमा राष्ट्रिय मानव अधिकार आयोगले पनि गम्भीर ध्यानाकर्षण भएको बताएको छ । कान्तिपुर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah