
फिनल्याण्डमा हालै ३४ वर्षकी सान्ना मरिन प्रधानमन्त्री बनिन् । विश्वकै कान्छी बहालवाला प्रधानमन्त्री बनेकी उनले आफ्नो मन्त्रिपरिषदमा पनि महिला मन्त्रीहरुलाई मात्रै सहभागी बनाएकी छिन् । यससँगै उनको चर्चा विश्वभर हुन थाल्यो । सामाजिक संजालमा पनि उनको चर्चा बढ्न थाल्यो । यसँगै उनले नियुक्त गरेका मन्त्रीहरुको तस्वीर पनि सामाजिक संजालमा चर्चामा आउन थाले ।
तर, यसरी सामाजिक संजालमा भाइरल भइरहेको एक तस्वीर भने फिनल्याण्डका मन्त्रीहरुको नभइ नेपाली टिकटक स्टारहरुको हो । नेपालका २ जोडी जुम्ल्याहा टिकटक स्टारहरुको तस्वीर फिनल्याण्डका मन्त्री भन्दै भारतमा सामाजिक संजालमा भाइरल भइरहेको छ । केहीले त उनीहरुको नाम र मन्त्रालयसमेत उल्लेख गर्दै लेखेका छन् ‘फिनल्यान्डको नयाँ सरकार हेर्नुस् । दायाँबाट शिक्षामन्त्री ली एन्डरसन (३२), अर्थमन्त्री कात्री कुलुमानी (३२), प्रधानमन्त्री सान्ना मरिन(३४) र आन्तरिक मामिलामन्त्री मारिया ओहिसालो (३४)। यी फिनिस महिलाहरू ३५ वर्ष पनि पुगेका छैनन् ।’
Meet the new Govt of Finland.
From left to right:
Minister of Education Li Andersson (32),
Minister of Finance Katri Kulmuni (32),
Prime Minister Sanna Marin (34)
and
Minister of Internal Affairs Maria Ohisalo (34).These Finnish women are not even in their mid-thirties! pic.twitter.com/YxY4q428bR
— Being Bhartiya 🇮🇳🕉 (@BeingPaks) December 24, 2019
यी नेपाली टिकटक स्टारहरु हुन् टिकटकमा चर्चित जुम्ल्याहा दिदीबहिनी प्रिन्सी र प्रिज्मा खतिवडाका तथा दीपा र दमन्ता श्रेष्ठ । यी जुम्ल्याहा जोडीको फोटो नै अहिले भारतीय सामाजिक सञ्जालमा फिनल्यान्डका मन्त्रीहरू भनेर भाइरल भइरहेको हिन्दुस्तान टाइम्सले लेखेको छ । सामाजिक सञ्जालमा चलिरहेको अफवाहबारे हिन्दुस्तान टाइम्सले जानकारी गराएको हो । भारतीयहरूलाई यसबारे अलमल भए पनि थुप्रै नेपालीहरूले यस्ता पोस्ट झुटा भएको बताएका थिए ।
This is what we’ve been waiting for: all five Government leaders – PM @MarinSanna, @KatriKulmuni, @MariaOhisalo, @liandersson and @anna_maja – in the same photo at last!#Government | #Finland 🇫🇮 | #SannaMarin pic.twitter.com/5G4lBBMPXc
— Finnish Government (@FinGovernment) December 19, 2019



