काठमाडौं/साताको अन्तिम दिन अर्थात् शुक्रबार सुनको मुल्यले बिगतको रकेर्ड तोड्दै नयाँ किर्तिमान कायम गरेको छ । आज छापावाला सुनको मुल्य एकै चोटी एक हजारले बढेर रू. ७४ हजार ५०० पुगेको छ, जुन हालसम्मकै सबैभन्दा महंगो हो ।हिजो सुनको मुल्य प्रतितोला रू. ७३ हजार ५०० थियो ।
यस्तै, आज तेजावी सुनको मुल्य ७४ हजार २०० पुगेको छ । चाँदीको मुल्य पनि १० रुपैयाँले बढेर ९०० पुगेको छ । हिजो चाँदीको मुल्य प्रतितोला ८९० थियो ।




