एजेन्सी– झट्ट सुन्दा यो कुरा विश्वास गर्न पनि नसकिएला । तर, भारतमा एक युवा आफ्नी पत्नीबाट आफूलाई खतरा भएको र बचाइ पाउँ भन्ने माग गर्दै प्रहरीकहाँ पुगेका छन् ।

भारतको उत्तर प्रदेशको अलिगढको यो घटनाअनुसार ती युवाले विवाह गरेपछि परिवारलाई सहयोग हुन्छ भनेर केही रुपैयाँ दिएका थिए । खासमा एउटा ट्राभल एजेन्टका रुपमा काम गर्ने यी युवाले मोबाइलमा कुरा हुँदाहुँदै ती युवतीसँग जुन २०१९ मा विवाह गरेका रहेछन् । विवाहपछि दुवैको अवस्था सामान्य भएको बताइएको छ । तर, ती युवतीले आफ्नो परिवार समस्यामा परेको भन्दै ती युवासँग पैसा माग्न थालिछन् ।

पत्नीले नोभेम्बरमा साढे दुई लाख लिएर आफ्नो माइत गइछन् । त्यसपछि पत्नी लिन केही दिनमा पुगेका युवाले थाहा पाए– उनले त अर्को विवाह गरिसकेकी रहिछिन् । त्यो पनि आफ्नै पतिका भाइसँग । उनको पहिलो विवाह भएको केही समयपछि उनले देवरसँग विवाह गरेकी रहिछिन् । तर, यी नयाँ युवासँग भेट हुँदा उनले ती देवरलाई बलात्कारको आरोप लगाएर जेल पठाएकी रहिछिन् ।

आफ्नी श्रीमतीबाट नै ठगिएको र धम्की आएको भन्दै प्रहरी थानामा पुगेका यी युवाको नाम हो, मानक । उनले पत्नीविरुद्ध एसएसपीलाई गरेको गुनासो अहिले भाइरल भएको छ ।

यसबारे प्रहरीले छानबिन सुरु गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah