
पुएर्तो रिकोमा एउटा कारको अघिल्तिरको शीशा फोरेर एउटा घोडा त्यहीँ अड्किएको छ ।घटनाको भिडियो फूटेजमा घोडाको शरीर फुटेको शीशाबाट बाहिर निस्केको र उसको पुच्छर बोनेटमा झुण्डिएको देखिन्छ ।
घोडाको अघिल्तिरको एउटा खुट्टा कारमाथि देखिन्छ भने ऊ त्यहाँबाट निस्कनका लागि संघर्ष गरिरहेको छ ।
रातो रंगको डेऊ लानोस कारको शीशामा उसका चारै खुट्टा र माथिल्लो भाग अड्किएको छ ।
घोडालाई यसरी शीशामा अड्किँदा निकै पीडा भएको देखिन्छ ।भिडियो सार्वजनिक भएपछि निकै भाइरल बनेको थियो र उसको उपचारका लागि खर्च जुटाउन अभियान नै चलाइएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार, आपतकालीन सेवाहरूले घोडालाई मुक्त गर्न गाडीका कैयौं भाग काट्नुपरेको थियो । घोडालाई अनेकौं चोट लागेको छ र कतिपय घाउहरू खुलै छन् ।गाडी चलाइरहेका व्यक्तिलाई चाहिँ कुनै चोटपटक लागेको छैन ।
रान्चेरो नामक उक्त घोडा अनायास गाडीमा ठोकिन पुगेको थियो । पछि उसलाई मालिक माचितो स्विङकहाँ पुर्याइएको थियो ।स्विङले कारधनीलाई क्षतिपूर्ति दिएका छन् ।घटनाको छानबिन शुरू गरिएको छ ।लोकान्तर