मृगौला मानव शरीरको महत्वपूर्ण अङ्ग हो । मृगौलाले शरीरमा पानी, तरल पदार्थ, खनिज तथा सोडियम, पोटासियम जस्ता इलेक्ट्रोलाइट रासायनिक पदार्थको सन्तुलन कायम राखी रगतमा हुने विकार र बढी भएको पानीलाई छानेर पिसाबको माध्यमबाट बाहिर फ्याँक्ने काम गर्छ ।

मृगौलाले राम्रोसाग काम गरेन भने मानिस गम्भीर बिरामी हुन्छ वा उसको मृत्युसमेत हुन सक्छ । हामीले सामान्य रुपमा दैनिक गर्ने कामहरूले गर्दा नै हाम्रो मृगौला खराब हुने गर्छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस्ता बानीले निम्तीन सक्छ गम्भीर रोग:

- नुनको अत्यधिक प्रयोग

-धेरै समयसम्म पिसाब रोक्ने

 -शरीरलाई चाहिने जति आवश्यक पानी नपिउने वा चाहिनेभन्दा धेरै पिउने

-अत्यधिक गुलियोको सेवन

-रक्सी तथा चुरोटको सेवन

 -पर्याप्त मात्रामा नसुत्ने (दैनिक ) देखि ८ घण्टा०

-व्यायामको कमी

-डाक्टरको परामर्श नलिइ खाएको पेनकिलर तथा अन्य औषधिहरू

-लगातार एउटै ठाउँमा घण्टौं बस्दा

-अत्यधिक प्रोटिनयुक्त खानेकुराको सेवन