मुखभित्र, जिब्रो, गिजा, ओठलगायतका मुखको कुनादेखि लिएर कहिले काहीँ गालाको छेउसम्म देखिने साना बिबिरा, मसिना सेता खालका फोकाफोकीलेसताइ गरेको पाइन्छ ।
यी घाउले खाना खान अप्ठ्यारो पार्नुका साथ साथै बोल्नै नहुनेगरी दुःख पनि दिन सक्छ । कहिले आफैँ वा दाँतले मुखमा भएको कुनै मासुको भागलाई तोकेर सानु र एक वा एकभन्दा बढी घाउ बन्ने गर्छ ।
यस्ता घाउ निको हुनुभन्दा पनि जटिल भई घाउ ठूलो, गहिरो भएर लगातार दुख्ने, रगत तथा पीप आउने समस्याहरू पनि निम्त्याउन सक्छ । शरीरमा भिटामिन बी, सी, आइरन, प्रोटिनलगायत पोषणको कमीले मुखमा घाउ आउने गर्छ । साथै, नियमित दाँत नमाँझ्ने, खाना खाएर कुल्ला नगर्ने, मुखको सरसफाइको कमी, कब्जियत, ग्यास्ट्रिक, अपचजस्ता पेटसम्बन्धी रोगहरू तथा शरीरमा पानीको कमी भएका कारणले गर्दा यस्ता घाउहरू आउने गर्छ ।

घाउ हटाउने उपाय

सुर्ती–पानमसला, अत्यधिक रक्सी तथा चुरोटको सेवन गर्ने, ब्याक्टेरिया तथा फङ्गसको संक्रमण, बढी तातो खानेकुराले मुखभित्र र वरपर घाउ आउने सम्भावना धेरै हुन्छ । मुखमा घाउ आउदा प्रशस्त मात्रामा पानी पिउने, हरियो सागपात तथा फलफूलहरू मजाले चपाएर खाने, धेरै तातो, चिल्लो खाने कुरा नखाने, चुरोट, रक्सी तथा सुर्तीजन्य पदार्थबाट टाढा रहनु पर्छ ।

मनतातो पानीमा फिटकिरी मिसाएर दिनमा ३ पटक कुल्ला गर्ने वा फिटकिरी घाउमै लगाउदा पनि केही हदसम्म राहत मिल्ने गर्छ । घाउमा मह लपक्क लगाउनाले, निमको पात वा जीरा चपाउने गर्दा पनि निकै आराम मिल्ने गर्छ । यौनरोग, मुखको क्यान्सर वा कुनै संक्रमणको कारणले पनि मुखमा घाउ आउन सक्ने हुँदा घरेलु उपचार अपनाउदा पनि एक महिना सम्ममा घाउहरू निको नभएको खण्डमा डाक्टरकोमा जानु आवश्यक हुन्छ ।क्यानडानेपालबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

divinegc.com
mimislot
mimislot
Social Media Strategy
babaslot
mimislot
slot gacor
arhivs.jekabpilslaiks.lv