काठमाडौं । चितवनमा निर्माणाधिन रंगशाला को लागि अहिले सहयोग रकम जुट्ने क्रम जारी छ। यश अभियानका अभियन्ता धुर्मुस लामो समय देखि चितवनमा रहेर काम गर्दै छन भने दिनरात नभनी लागि परेका छन।

त्यस्तै अहिले धुर्मुसको नाममा नक्कली फेसबुक बनाएर ठगी गर्दै गरेको भनेर धुर्मुसले गुनाशो गरेका छ्न। पछिल्लो समय ठगि धन्दा गर्नलाई फेसबुक सजिलो माध्यम बनेको छ । एउटै व्यक्तिले विभिन्न नाममा धेरै वटा फेसबुक एकाउन्ट खोल्यो र सुरु गर्यो आफ्नो धन्दा । यसकै एउटा ज्वलन्त उदाहरणको रुपमा भर्खरै धुर्मुसले सार्वजनिक गरेका छन।

धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको रंगशाला निर्माणका लागि परिसरमै पुगेर हेटौंडा उपमहानगरपालिकाले पुर्व घोषित ३० लाख रुपैया हस्तान्तरण गरेको हो । हेटौंडा उपमहानगरपालिका प्रमुख मेयर हरि बहादुर महतले ३० लाख रुपैयाको चेक धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसलाई हस्तान्तरण गरे ।
मेयर महतले जनस्तरले निर्माण गर्न लागेको यो रंगशाला राष्ट्रकै गहना भएकोले सहयोग गरेको बताए ।

उनले रंगशालालाई सहयोग गरिएको रकम महानगरकै आन्तरिक स्रोतबाट जुटाईएको जानकारी दिए । ‘हामीले ल्याएको यो ३० लाख रकम संघिय सरकारले दिएको होइन उनले भने,’यो हामीले महानगरकै आन्तरिक स्रोतबाट ल्याएका हौ ।’ यस्तै मेयर महतले सबै स्थानिय तहहरुलाई रंगशाला निर्माणमा सहयोग गर्न आग्रह समेत गरेका छन् । ‘म देशको ७५३ वटै स्थानिय तहका प्रमुख र बोर्डलाई सहयोग गर्न आग्रह गर्छु उनले भने,’ आन्तरिक स्रोत हुन्छ, जसको थोरै छ उसले थोरै दिनुस्, जसको धेरै छ उसले धेरै दिनुस्।’

‘जनस्तरबाट यती ठुलो योजना बन्दैछ हामीले दायित्व लिनु पर्दैन र ? उनले थपे, अहिले देशमा तीन तहको सरकार छ त्यो मध्य एक हामी हौ । म सबै स्थानिय तहहरुलाई सहयोग गर्न बिनम्र अनुरोध गर्छु ।’

फाउण्डेसनका अध्यक्ष धुर्मुसले हेटौंडाले पनि रंगशाला निर्माणको अपनत्व ग्रहण गरेकोमा खुशी लागेको बताए । समग्र हेटौंडाले नै देखाएको सकारात्मक उर्जाले झनै हौसला मिलेको उनको भनाई थियो । उनले रंगशालामा ७७ जिल्लाको ७७ कक्ष रहने र हेटौंडा महानगरपालिकाले गरेको सहयोगले मकवानपुर कक्ष निर्माण गरिने उनले बताए । यस्तै उनले हेटौंडा जस्तै देशका अन्य स्थानिय तहहरुले पनि अपनत्व ग्रहण गर्नु पर्ने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय