८घन्टा लामो उडान दौरान रक्सीले मातिएर विमानभित्रै अन्य यात्रुहरुलाई खुलम खुला यौनसम्पर्क राख्न आमन्त्रण गरेको तथा चालक दलका सदस्यहरू माथि आक्रमण गरेको अभियोगमा एक युवतीलाई कारावास सजाय सुनाइएको छ ।
एतिहास एयरलायन्सको उडानबाट आबुधावीबाट बेलायतको म्यान्चेस्टरतर्फ गइरहेको विमानमा टन्न रेड वाइन पिएर मातिएकी २० वर्षिया डमेी बर्टन नामक ती महिलाले अन्य पुरुष यात्रुहरुसँग यौनकार्यका लागि आग्रह गरेकी थिइन् ।
आफूलाई थप रक्सी नदिइएपछि आक्रोसित हुन पुगेकी उनी जथाभावी चिच्याउन थालेकी थिइन् ।

त्यसपछि उनलाई शान्त गर्न खोज्नेहरुलाई उनले टाउकोले, लात्ताले आक्रमण गर्दै टोक्ने खोजेकी थिइन् ।

बल्ल चालक दलको छ जना र अन्य यात्रु मिलेर उनलाई नियन्त्रणमा लिइएको थियो । विमान अवतरण गरिना साथ उनलाई प्रहरीले पक्राउ गरेको थियो । अस्ट्रेलियामा तीन महिना बसेर आफ्नो घर फर्कने क्रममा बर्टनले विमानभित्र यस्तो चर्तिकला देखाएकी थिइन् । उनी आफ्नो परिवारका सदस्यहरुलाई भेट्न अस्ट्रेलिया गएकी थिइन् ।

पूर्ण रूपमा होशमा फर्केपछि उनले प्रहरीलाई वयान दिने क्रममा विमान यात्रा गर्दा डर लाग्ने गरेकाले रक्सी पिएको बताएकी छिन् । उनले आफू मात्तिएको स्वीकारेपछि बेलायतको मिनसुल स्ट्रिट क्राउन कोर्टले उनलाई अन्य पाँचवटा अभियोगमा पनि दोषी ठहर गरी छ महिना लामो कारवास सजाय सुनाएको छ ।

न्यायाधीश जोह्न एडवार्डसले विषेश गरी लामो दूरीको उडानमा जथाभावी व्यवहार गरी यसरी नीति नियम तोड्नेलाई क्षमा दिन नसकिने बताएका छन् ।

गत ९ मेमा भएको सो घटनाको दौरान विमानमा कूल २ सय ५९ व्यक्ति सवार रहेका थिए ।

क्याविन म्यानेजरलाई ‘कुकुरको छाउरो’ भनी अपशब्द बोल्ने बर्टन पछि आफैं थाकेकी थिइन् । शुरूमा आफूबाट कुनै गल्ती नभएको दोहराउँदै आएकी उनले पछि आफ्नो प्रतिवादी वकिल मार्टिन क्याललरी मार्फत आफ्नो दुव्र्यवहारका लागि आफू निकै लज्जित भएको बताएकी थिइन् । उडानका क्रममा विमानभित्र नानाथरिका हंगामा हुने गरेका विभिन्न समाचार समय समयमा अन्तर्राष्ट्रिय चर्चाको विषय हुने गरेका छन् । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah