
काठमाडौं । केही समय पहिले खुबै चर्चामा रहेको घटना फेरि बाहिर आएको छ । युवतीले युवकको लिं’ग का’टिदिएको घटना बौद्ध प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ । महानगरीय प्रहरी वृत्त बौद्धले लिं’ग का’टिदिने युवतीविरुद्ध जिल्ला अदालत काठमाडौंमा ज्या’न मा’र्ने उद्योगमा अ’भियोग दर्ता गरिसकेको जानकारी दिएको छ ।
उनीहरु ८ महिनादेखि ती युवती र युवक शा’रीरिक स’म्बन्धमा थिँए । तर, गत मंसिर २३ मा युवतीले युवकसामु बिहेको प्रस्ताव राखिन् । युवकले अरूसँग आफ्नो अ’फेयर चलेकाले विवाह गर्न नसक्ने बताए । आफन्तको भनाइअनुसार युवतीलाई ती युवकले उनकै कोठामा बला’त्कार प्र’यास गरेका हुन् ।
अस्मिता लु’टिन लागेपछि युवतीले आत्मर’क्षाका लागि युवकको लिं’ग का’टिदिएकी हुन् । यो भन्दा पहिले बाहिर आएको खबरमा युवतीले नै कोठामा बोलाएर यस्तो कार्य गरेको भनिएको थियो । अहिले ति युवकमाथि बला’त्कार प्र’यास गरेको आरोप लगाइएको छ ।
युवतीका परिवारले आज एक पत्रकार सम्मेलन गरेर घटनाबारे जानकारी दिएको हो । युवतीकी आमा विमाया तामाङले, ‘म गाउँमै बस्छु, छोरीलाई पढ्न काठमाडौं पठाएँ तर यस्तो नसोचेको घटना भयो । त्यो केटा को हो त्यस्ले मेरी छोरीको इ’ज्जत लु’ट्न खोजेछ ।
छोरीले बच्ने उपायले त्यस्तो गरिछिन् । प्रहरीले हाम्रो कुरा सुन्नै मानेन । छोरीलाई न्याय दिलाइदिनुपर्यो’ भनिन् । समाजसेवी राम तामाङले युवकले विवाह गर्न नमानेर मात्र युवतीले उनको लिं’ग का’टेको भनेर नबुझ्न आग्रह गरेका छन् ।
उपचारपछि ति युवक अहिले घर फर्किसकेका छन् । राम तामाङका अनुसार युवतीले विवाहको प्रस्ताव राख्दा अस्वीकार गरे पनि फेरि युवकले बला’त्कारको प्र’यास गरेको आरोप लगाए । घटनाबारे अनुसन्धान अझै चलिरहेको छ ।