
एजेन्सी/ आफ्नो जीवनसाथीको खराब बानीका कारण महिलाहरू केसम्म गर्छन् ? तपाईं सोच्नुहुन्छ झगडा, या अरू केही ?
भारतको बिहारमा एक अनौठो घटना घटेको छ । बिहारको वैशाली जिल्लाकी एक महिलाले आफ्नो पतिको खराब बानीका कारण ‘डिभोर्स’ नै दिएकी छिन् ।
बिहार महिला आयोगमा ती महिलाले आफ्नो पतिले दैनिक रूपमा ननुहाएको र ब्रश नगरेको भन्दै आफू पतिसँग बस्न नचाएको बताएकी छन् । आयोगले यस घटनापछि दुवैजनालाई सम्झाई बुझाई गरेर पठाएका छन् ।
यो घटना बिहारको वैशाली जिल्लाको नयाँगाउँकी २० वर्षीया सोनी देवीको हो ।सोनी देवीले आफ्नो पतिको यस्तो बानीका कारण हैरान भएको बताएकी छिन् । पतिले दैनिक ब्रश नगरेको, दाह्री नकाटेको तथा ननुहाएको भन्दै उनी महिला आयोगसम्म पुगेकी हुन् ।
आयोले उनको पति २३ वर्षीय मनीष रामलाई आफ्नो बानी सुधार्नका लागि दुई महिनाको समय दिएको छ ।
तोकिएको समयमा उसले आफ्नो बानी नसुधारे आयोगले आवश्यकताअनुसार कारबाही गर्ने समेत आयोगले बताएको छ ।