यस्तो होस माया भनेको त..,श्रीमतीलाई वैवाहिक एनिर्भसरीमा श्रीमानले मृगौला नै उपहार दिए !

श्रीमानले श्रीमतीलाई विवाह एनिभर्सरीमा सामान्यतया लुगा, गरगहना इत्यादी उपहार दिने गर्दछन् । कसैले महंगा महंगा सामानहरु पनि दिन्छन् । तर अमेरिकामा एक श्रीमानले भने आफ्नो श्रीमतीलाई अंग नै उपहार दिएका छन् । आफ्नो २३ औं एनिभर्सरीमा आफ्नो अंग नै उपहार दिएका हुन् ।

ति श्रीमानले मेमोरियल रिजनल हस्पिटलमा उपचार गराईरहेकी श्रीमतीलाई मृगौला नै उपहार दिएका हुन् । ४० वर्षिया मोनिका र ५२ वर्षीय सेजरले २३ वर्ष अगाडी विवाह गरेका थिए। मोनिकालाई केही वर्षदेखि मृगौलामा समस्या देखिएको थियो । जसले गर्दा विगत दुई वर्षदेखि उनको डायलासिस चलिरहेको थियो। पछिल्लो समयमा डाक्टरहरुले उनलाई मृगौला फेर्न पाएमा स्वस्थ हुने बताइरहेका थिए ।

त्यसैले पेशाले कम्प्युटर नेटवर्क टेक्निसियन उनका श्रीमानले मृगौला उपहार दिएका हुन् । आफुलाई नयाँ जीवन दिएको मोनिका श्रीमानप्रति निकै नै आभारी छिन् । उनी भन्छिन्, मृगौला सम्बन्धी रोग मेरो वंशाणुगत रोग हो। मेरा श्रीमानले म बिरामी हुँदा मेरो उचित हेरचाह गर्ने र जीवनको लागि हौसला दिने त गरे नै, अहिले हाम्रो एनिभर्सरीको मौका पारेर आफ्नो मृगौला समेत उपहार दिए ।

म भाग्यमानी हूँ की, मैले उनीजस्तो श्रीमान पाएँ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah