केही दिनदेखि लगातार बढिरहेको सुनको मूल्य सोमवार घटेको छ । नेपाल सुनचाँदी व्यवसायीका अनुसार आइतवारको तुलनामा सोमवार सुनको मूल्यमा २ सय रुपैयाँको गिरावट आएको छ ।
सोमवार नेपाली बजारमा छापावाल सुन प्रतितोला ७४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतवार छापावाल सुन प्रतितोला ७५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी सोमवार तेजावी सुन प्रतितोला ७४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार, सोमवार चाँदीको मूल्य भने स्थिर छ । आइतवार ८ सय ९० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी सोमवार पनि सोही मूल्यमा बिक्री खरिदबिक्री भइरहेको छ ।



