काठमाडौ । सुन्दर देखिने चाहना सबैको हुन्छ । विशेषत महिलाहरु बिना मेकअप बाहिर निस्कदैनन् । चाहे घर होस् या कार्यालय होस् या विवाह, ब्रतबन्ध वा विशेष दिन नै किन नहोस् । मेकअप गर्नै पर्छ कतिपयलाई । तर छनोट गर्ने तरिका नजान्दा मेकअपले आकर्षण र सुन्दर देखिनुको साटो भद्दा देखाउँछ । त्यसैले सुन्दर र आकर्षण देखिन कसरी मेकअप गर्ने भन्नेबारे जान्नु आवश्यक छ ।

मेकअप गर्दा ध्यान दिनुपर्ने कुराहरु यस्ता छन् :-

१. सबैभन्दा पहिला आफ्नो छालालाई मिल्ने खालको मेकअपका सामान खरिद गर्नुपर्छ ।
२. मेकअप गर्नुभन्दा पहिले आफ्नो अनुहार सफा गर्नुपर्छ ।
३. त्यसपछि अनुहारमा टोनर लगाउनु पर्छ । टोनरले मेकअपलाई धेरै बेर टिकाउनुका साथै छालालाई कसिलो बनाउने गर्छ ।

४. आफ्नो छालाको प्रकार र उमेर अनुसार सन ब्लकयुक्त मोस्चराइजर लगाउनु पर्छ । जसले गर्दा छाला स्वस्थ, सफा र चम्किलो बन्छ ।
५. अनुहारमा भएका दाग लुकाउन कन्सिलर प्रयोग गर्न सकिन्छ ।आँखा वरिपरि कालो दाग छ भने आई कन्सिलर लगाएर फाउन्डेसनले छोप्नु पर्छ ।
६. मेकअप वेस तयार गर्ने त्यसपछि आँखाको मेकअप गर्ने । आँखाको मेकअपमा विशेष गरेर आइस्याडो आफ्नो पहिरनसँग मिल्ने रंगको हुनुपर्छ । आँखाको सेप अनुसार आइलाइनर लगाउनुपर्छ ।

७. लिपिस्टिक लगाउनुभन्दा पहिले लिप लाइनरले ओठलाई सेप दिनुपर्छ । लिपिस्टिकको कलर भन्दा एक सेड लाइट कलरको लिप लाइनर प्रयोग गर्नुपर्छ ।

८. अविवाहितहरूले मेकअपमा रातोभन्दा गुलाफी वा सुनौलो रंग प्रयोग गर्नु उपयुक्त हुन्छ ।

ड्रेसअप अनुसार मेकअप पनि फरक फरक गर्न सकिन्छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर