पाँचथर – रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया पुगेका पाँचथरका एक युवकले आत्महत्या गरेका छन् ।

२१ महिनाअघि कोरिया पुगेका पाँचथरको फिदिम नगरपालिका २ को लालीखर्कका विवेक राईले शनिबार राति झुण्डिएर आत्महत्या गरेको पाँचथर सेवा समाज दक्षिण कोरियाका अध्यक्ष राज चाम्लिङले जानकारी दिनुभयो ।

कोरियाको दक्षिणी भाग छाङ उमसिमा बङ्गुर फार्ममा काम गर्दै आएका राई केही महिना अघि नेपाल आएर कोरिया फर्केका थिए ।

बेलुकाको खाना खाएर एउटै कोठामा सुतेका उनका साथीहरुले बिहान उठ्दा विवेकलाई नदेखेपछि खोजी गर्दा कम्पनीभित्रै झुण्डिएको अवस्थामा भेटेका थिए ।

राईको आत्महत्याको कारण नखुलेको सोलमा रहेको नेपाली दूतावासले जनाएको छ । उज्यालो अन्लाइन् बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय