
एजेन्सी/ उत्तरपश्चिमी चीनको एक सडकमा उभिरहेको बसमुनि ठूलो खाल्डो बनेर बस त्यसभित्र पसेपछि कम्तीमा ६ जनाको मृत्यु भएको छ । दुर्घटनापछि अन्य १० जना हराइरहेका छन् ।
घटनाको भिडियो सामाजिक सञ्जालमा आएको छ । शिनिङ शहरको सडकमा बस यात्रुहरूलाई राख्नका लागि रोकिँदा जमीन भासिएर खाल्डो बनेको थियो । त्यसपछि बस अगाडिपट्टिको भागबाट खाल्डोभित्र पस्यो । त्यसको केही समयपछि खाल्डोभित्र विस्फोट भएर चम्किलो उज्यालो आएको देखिन्छ ।
चीनको सरकारी टीभी सीसीटीभीका अनुसार, उद्धारकर्ताहरूको टोलीले हराइरहेका १० यात्रुको खोजी गरिरहेका छन् भने दुर्घटनाको कारणका बारेमा अनुसन्धान चलिरहेको छ ।
सडकमा यसरी खाल्डो बन्ने काम दुर्लभै हुने गर्छ तर चीनमा यो भइरहन्छ । गत सेप्टेम्बर महिनामा गुयुआन शहरमा ६० मिटर ठूलो खाल्डो बनर एउटा ट्याक्सी सिंगै निलेको थियो । तर त्यसमा परी कसैको पनि मृत्यु भएको थिएन ।
#China A bus fell into a suddenly developed sinkhole when passengers were boarding the bus at the bus stop.
Explosions and fire are visible from the sinkhole.
This happened in Xining, Qinghai Province; some sources suggest 13 were injured and 2 are still missing. pic.twitter.com/ieB1TdnfvX
— W. B. Yeats (@WBYeats1865) January 13, 2020



