
काठमाडाैं/पछिल्लो पटक काठमाडौँ उपत्यकासहित देशरभर चिसो निकै बढेको छ। बिहीबार त काठमाडौँमा न्यूनतम तापक्रम माइनस ९ डिग्रिसेल्सियससम्म पुग्यो। तराईमा हुस्सुका कारण घाम समेत देख्न पाइने अवस्था छ।
चिसोको समयमा रुघाखोकीलाई सामान्य मानेर वेवास्ता गर्दा लाइलाई लामो समयसम्म स्वास्थ्यमा समस्या देखिन सक्छ ।
यी ९ उपाय अपनाउनुस्:
-मास्क लगाएर मात्र बाहिर निस्कने
-धेरै भीडभाड भएको ठाउँमा नजाने
-पानी राम्रोसँग उमालेर मन तातो भएपछि खाने
-झोलिलो सुपहरु प्रशस्त पिउने
-धुँलोधुँवामा नबस्ने
-बाहिरबाट घर फर्केपछि साबुनपानीले राम्ररी हातगोडा धोएर बस्ने
-हरियो सागपात फलफूलहरु राम्ररी पखालेर मात्रै खाने
-न्यानो कपडा लगाउने
-चिसोको समयमा नवजात शिशु तथा बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला, सुत्केरी,
-दम, श्वासप्रश्वासका बिरामीलाई छिटो संक्रमण देखिने भएकाले उनीहरुको स्वास्थ्यमाविशेष ध्यान दिनुपर्छ