काठमाडौँ । बुधबार नेपाली बजारमा फेरि सुनको मूल्य बढेको छ । अघिल्लो दिन तोलामा ७४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार रु ७०० बढेर ७४ हजार ७०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार तेजावी सुन बुधबार तोलामा ७० हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस्तै चाँदी पनि बढेको छ । मंगलबार तोलामा रु ८८० मा कारोबार भएको चाँदी बुधबार बढेर रु ८८५ मा कारोबार भएको हो ।