काठमाडौँ / बिहिबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेकाे छ । बुधबार तोलामा ७४ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहिबार पनि रु ७४ हजार ७०० मा नै कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार तेजावी सुन बुधबार तोलामा ७० हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै चाँदी मूल्य पनि स्थिर रहेकाे छ । बुधबार तोलामा रु ८८५ मा कारोबार भएको चाँदी बिहिबार पनि रु ८८५ मा नै कारोबार भएको हो ।










