आचार्य चाणक्य नीतिमा मानव समाजसँग सम्बन्धित हरेक समस्याको समाधान भेटिन्छ । अहिलेको वर्तमान परिस्थीतिसँग पनि चाणक्य नीति मेल खान्छ । यदि कुनै व्यक्ति जीवनमा चाणक्य नीतिको पालना गर्छ भने सफलता हासिल गर्न सक्छ । चाणक्य नीतिका अनुसार हरेक व्यक्तिले आफ्नो आय र व्ययको बारेमा सही जानकारी राख्नुपर्छ । जो मानिस आफ्नो कमाईअनुसार खर्च गर्छ त्यो व्यक्ति जीवनभर सुखी रहन्छ । जो मानिस आफ्नो आयभन्दा बढी खर्च गर्छ त्यो मानिस कहिल्यै सुखी हुँदैन ।

चाणक्य नीतिका अनुसार यदि कोहि नीच व्यक्ति तपाईंको नजिक आउँछ भने त्यस्ता व्यक्तिबाट तुरुन्त टाढिनुहोस् । त्यस्ता व्यक्ति भएको स्थानमा विल्कुलै नबस्नुहोस् ।

चाणक्य नीतिका अनुसार यदि कुनै ठाउँमा झैझगडा र झमेला भइरहेको छ भने त्यस्तो ठाउँबाट भाग्नु नै उचित हुन्छ । चाणक्य नीतिका अनुसार जो मानिस अगाडि मिठा–मिठा कुरा गर्छन् त्यस्ता मानिसहरुले पछाडि बर्बाद पारिरहेका हुन्छन् । चाणक्य नीतिका अनुसार शत्रुलाई पराजित गर्न उसलाई कुटनीतिमा फसाउनुस् र शत्रु कमजोर भएपछि प्रहार गर्नुस् । चाणक्यका अनुसार आफ्नो गोप्य कुरा कोहि पनि मानिसलाई सुनाउँनुहुँदैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय