एजेन्सी/ युगान्डामा एक इमामलाई आफ्नी पत्नी वास्तवमा एक पुरुष भएको थाहा पाएपछि बर्खास्त गरिएको छ ।

शेख मोहम्मद मुटुम्बाकी बेहुलीले छिमेकीको टीभी चोर्दै गरेको बेलामा प्रहरीले पक्राउ गरेपछि उनी पुरुष भएको थाहा भयो ।

चोरले पछि इमामको पैसा चोर्नका लागि आफू महिला भएको नाटक गरेको स्वीकार गरेको कायुंगाको स्थानीय सञ्चारमाध्यमले लेखे ।

यो सुनेर स्तब्ध भएका मुटुम्बालाई अनुसन्धान चलुन्जेल धर्मगुरु इमाम पदबाट निलम्बन गरिएको छ । उनी क्याम्पिसी मस्जिद नूर मस्जिदमा इमाम हुन् ।

दुई हप्ताअघि भएको बिहेपछि आफू पत्नीसँग ननजिकिएको किनकि उनले आफू रजस्वला रहेको बताएको उनले दाबी गरे ।

मुटुम्बाले स्वाबुल्लाह नाबुकीरा नाम गरेकी महिलालाई बिहे गरेको ठानेको बताए । बिहा गत डिसेम्बर महिनामा परम्परागत इस्लामी समारोहबीच सम्पन्न गरिएको थियो ।

बेहुलीले छिमेकीको टीभी चोर्दै गर्दा प्रहरी त्यहाँ पुगेको थियो । उनी महिला हुन् भन्ठानेर एक महिला अधिकारीले शरीर खानतलाश गरेकी थिइन् तर ऊ त पुरुष पो रहेछ ।

मुटुम्बा यो घटनाको बारेमा केही पनि बोल्न चाहँदैनन् र उनलाई मनोपरामर्शको आवश्यकता छ ।

साथी र सहकर्मीहरूले पनि उक्त व्यक्तिसँग आफूहरू झुक्किएको बताए । उसले प्रायः हिजाब लगाउने गरेको थियो ।

मस्जिदमै काम गर्ने अमिसी किबुंगाले भने, ‘उसको स्वर मीठो थियो र ऊ महिलाले जस्तै गरी हिँड्थ्यो ।’

बिहेको चार दिनपछि मुटुम्बाले बेहुलीले सुत्दा लुगा खोल्न नमानेको भनी गुनासो गरेको किबुंगाले खुलासा गरे ।

आरोपित व्यक्तिले पछि प्रहरीलाई आफ्नो नाम रिचर्ड तुमुशाबे भएको बताए अनि मुटुम्बाको पैसा चोर्न उससँग बिहे गरेको स्वीकार गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah