नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचन केन्द्रीत ३० बुदे प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय परेसडाडाँमा पत्रकारसम्मेलन आयोजना गरेर माओवादी केन्द्रले घोषणा पत्र सार्वजनिक गरेको हो । १६ पृष्ठ लामो प्रतिवद्धतापत्रमा माओवादीले संविधानसभा र संघीयता पार्टीको योजना भएका कारण मतदाताले आफ्नो दललाई मतदान गर्ने दावी गरेको छ । माओवादीले द्वन्द्वकालीन मुद्दा मेलमिलापद्वारा समाधान गर्ने उल्लेख गरेको छ ।
माओवादीले तल्लो निकायले नै स्रोत अनुसार काम गर्ने उल्लेख गरेको छ । अरु पार्टीले जस्तो आफूहरुले हावादारी तरिकाबाट घोषणापत्र नवनाएको माओवादीले जनाएको छ । माओवादीले सीमा अतिक्रमण र स्वाधीनताको रक्षाका लागि भारसँग खुला सीमाक्षेत्रसँग जोडिएका नगर वा गाउँपालिकाहरुमार्फत सीमा सुरक्षा र जनसांख्यिक अतिक्रमण हुन नदिने नीति अवलम्बन गरिने जनाइएको छ । सीमावर्ती क्षेत्रका स्थानीय जनतालाई सीमा सुरक्षाको जनआधारको रुपमा विकास गर्न जोड दिइने जनाएको छ ।माओबादी केन्द्रद्धारा घोषणापत्र सार्वजनिक, अरुको जस्तो हावादारी नभएको भनाइ
सवाल नेपालसंवाददाताशुक्रबार, २१ वैशाख २०७४

माओबादी केन्द्रद्धारा घोषणापत्र सार्वजनिक, अरुको जस्तो हावादारी नभएको भनाइ
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतसहित विजयी

यो पनि पढ्नुहोस् »
बारा-२ मा उपेन्द्र पछि परे
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतसहित विजयी
मंगलबार, १२ वैशाख २०८०
बारा-२ मा उपेन्द्र पछि परे
सोमबार, ११ वैशाख २०८०
तनहुँ १ उपनिर्वाचन : १३ हजार मत गन्दा रास्वपाका डा. वाग्लेले कटाए सात हजार मत
सोमबार, ११ वैशाख २०८०
वाग्लेले अग्रता थप फराकिलो पार्दै
सोमबार, ११ वैशाख २०८०
चितवन–२ को मतगणना सुरु गर्न सर्वदलीय बैठक बस्दै
सोमबार, ११ वैशाख २०८०



