काठमाडाैं/ अधिकांश मेला महोत्सवमा अश्लील शब्द बोल्यो कि प्रहरीले खोरमा लैजान्छ। अश्लील र अभद्र व्यवहार रोक्न आयोजक र प्रशासनले ठूलै संख्यामा प्रहरी र स्वयंसेवक खटाउँछन्। तर, बागलुङको पश्चिम निसीखोला गाउँपालिका–६, भल्कोटमा बर्सेनि एउटा अनौठो मेला लाग्छ। त्यो मेलामा यौनका बारेमा जसलाई जे बोल्न मन लाग्यो, त्यही बोल्ने छुट हुन्छ।

युवादेखि बूढापाका पनि अरू बेला गाउँ समाजमा अपाच्य हुने शब्द बोल्दै गाउँ डुल्छन्। मगर र दलित समुदायले सगोलमा मनाउने यो मेला समय र व्यवस्था बदलिए पनि पुरानै स्वरूपमा जीवित छ। यसरी छाडा रूपमा बोल्न समय भने निश्चित अवधिको हुने स्थानीय तिलाचन युवा क्लबका अध्यक्ष सञ्जु थापाले बताए। ‘यो हाम्रो पुर्खादेखि चल्दै आएको चलन हो’, थापाले भने, ‘पहिले माघ ५ मा हुन्थ्यो, पछिल्ला वर्षमा भने १ गते माघी खाएर माघ २ गते दिउँसो ४ बजेदेखि ३ गते अपराह्न ४ बजे (२४ घण्टा) पुतली नसेलाएसम्म अश्लील शब्द बोल्न छुट हुन्छ।’

परिवार, आफन्त, गाउँसमाजका महिला पनि मेलामा सरिक हुन्छन्। सुन्नै अप्ठ्यारो लाग्ने यौनसम्बन्धी शब्द बाजाको तालमा, ठैबराको लयमा भाका हाल्दै बोलिरहन्छन्। कोही गाउँछन्, कोही तरुनी नजिक गएर नाच्छन्। तर, स्थानीय महिलामा कत्ति पनि अप्ठ्यारो र हिच्किचाहट देखिँदैन। यस्तो लाग्छ; स्थानीय युवती, महिलाले यसलाई आफ्नो संस्कारका रूपमा पचाइसकेका छन्।

पहिलो पटक बाहिरबाट गएकाहरू भने रातोपिरो हुन्छन्, जिब्रो टोक्छन्, लाजले मुख छोप्छन्। यो मेला भर्न बागलुङका साथै छिमेकी रुकुम, रोल्पालगायतका स्थानबाट पनि ठूलो संख्यामा मानिस आउँछन्।

किन बोल्छन् त अश्लील ? स्थानीय अगुवा नैनसिंह बुढामगर भन्छन्, ‘यसको कथा पुराना वीरमाना राजा–रानीसँग जोडिएको छ। हामी यो मेला निरन्तर मनाउँदै आएका छौं।’ मेलामा राजा वीरमानको सैन्य प्रतीकका रूपमा पुतली नाच नचाइन्छ। राजाको सम्झनामा प्रत्येक वर्ष पुतली नचाउँदा घरपरिवार र गाउँमा सुख, शान्ति मिल्ने र बालीनालीसमेत राम्रो हुने जनविश्वास छ। त्यही नाचका बेला राजाले आफ्ना अनुशासनमा रहेका सैनिकलाई रमाइलो गरेर खुसियाली मनाउन निश्चित समय सबै कुरा बोल्ने छुट दिएको कथनसँग अश्लील बोल्ने विषय जोडिएको हुनसक्ने बुढाले बताए।

अब त अश्लीलता हटाउने कि भन्ने प्रश्नमा निसीखोला–६ का कार्यवाहक वडाध्यक्ष हेमबहादुर बुढामगरले परम्परा नतोड्ने बताए। ‘हामीले पनि अहिलेको समाजमा यो अलि अस्वाभाविक भयो, हटाउने कि भन्ने हिसाबले छलफल गर्‍यौं’, बुढाले भने, ‘आफ्ना पुर्खाहरूले चलाएको रीतिथिति, संस्कार हो, यसमा नयाँ पनि नथप्ने र पुरानो पनि नछोड्ने भन्ने निष्कर्ष निकालियो। अब यसकै संरक्षण सम्बद्र्धन गरेर अघि बढ्ने सोचमा छौं।’

पुतली नाच अंग्रेजहरूसँग लडाइँ जितेपछि विजयोत्सव मनाउने क्रममा थालिएको स्थानीयवासीको भनाइ छ। राजारानीको मूर्तिजस्तै माटोको पुतली बनाइने, पुतलीको स्वरूपमा रंगीविरंगी भेषभूषामा पुतली बनेर पुरानो जमानामा हुने सैन्य शैलीको हातमा तरबार, भाला, खुँडा लिएर ढालसहित नाच्ने गरिन्छ।

माघ ३ का दिन पुतलीलाई डोलामा बोकिन्छ र कापैसँग डुलाइन्छ। भल्कोट गाउँभन्दा केहीमाथि रहेको एउटा बारीमा पुगी पुतली घुमाइन्छ र पुतलीजस्तै बनेका मान्छेहरू हातमा तरबार, लट्ठी लिएर नाच्छन्। साँझपख डोलामा बोकेको पुतलीलाई नदी किनारमा विसर्जन गरिन्छ। पुतली विसर्जनपछि स्थानीयवासीले आफन्तलाई घरमा लगी तरुल, रोटीलगायत मीठा परिकार खुवाउँछन्। लामो समय खडेरी परेको समयमा पनि पुतली नचाएपछि पानी पर्ने गरेको स्थानीयवासी बताउँछन्।यो नाचसँग जोडिएको अर्को रोचक पाटो हो, भालुको पित्त देखाउने। पुतली नाच र कापैसँगै सांकेतिक रूपमा गाउँलेले भालुको पित्त देखाउने गर्छन्। यो देख्दा जोकोहीलाई आश्चर्य लाग्छ। एक जना मानिसलाई घुम (भेडाको ऊनबाट बनाइएको कपडा)ले बेरिन्छ। उसलाई खरानी लगाएर नचिन्ने बनाइएको हुन्छ, जसलाई भालु भनिन्छ। ती व्यक्तिलाई धेरै रक्सी खुवाएर लट्ठ बनाई पशुझैं दाम्लोले बाँधेर लतारिन्छ।

केही बेरमा मान्छेको भीडमा लगेर भालु आयो भन्दै उसको गुप्तांग सबैमाझ देखाइदिने र खरानी, माटो हाल्दिने गरिन्छ। यसरी भालुको पित्त देखाउँदा पितृ खुसी हुने र देवी हाँस्ने स्थानीयवासी बताउँछन्। अन्नपूर्ण पोस्टमा खबर छ ।

तस्वीर सौजन्य: अन्नपूर्ण पोस्ट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah