काठमाडौं / आज मंगलबार नेपाली बजारमा सुनको भाउ पुनः उकालो लागेको छ ।सोमबार स्थिर रहेको सुनको भाउ आज पुन तोलामा ३ सय रुपैयाँ बढेको हो।

आज छापावाल सुन प्रतितोला ७५ हजार ३ सय तथा तेजावी सुन ७५ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार छापावाल सुन प्रतितोला ७५ हजार तथा तेजावी सुन प्रतितोला ७४ हजार ७ सय रुपैयाँ रहेको थियो ।

आज सुनको भाउसँगै चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रतितोला ८ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ। सोमबार चाँदी ८ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय