काठमाडौं/ प्रतिनिधिसभा सभामुख निर्वाचनका लागि  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अग्नि सापकोटाले मनोनयन दर्ता गराएका छन्। मंगलबार बिहान नयाँ बानेश्वरस्थित संघीय संसद भवन पुगेर नेता सापकोटाले मनोनयन दर्ता गराएका हुन्।

सभामुखमा सापकोटाको प्रस्तावकमा सुवास नेम्वाङ र समर्थकमा ओनसरी घर्तीमगर, लक्ष्मण लाल कर्ण  र देव गुरुङ रहेका छन्।

सभामुख पदका लागि माघ १२ गते निर्वाचन हुँदैछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय