काठमाडौं । केही दिनदेखि निरन्तर रुपमा उकालो लागेको सुनको भाउ आज (बुधबार) घटेको छ ।

मंगलबार तोलामा ३ सय रुपैयाँ बढेको सुन आज बुधबार ५ सय रुपैयाँ घटेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आज छापावाल सुन प्रतितोला ७४ हजार ८ सय तथा तेजावी सुन ७४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार छापावाल सुन प्रतितोला ७५ हजार ३ सय तथा तेजावी सुन प्रतितोला ७५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज सुनको भाउसँगै चाँदीमा पनि तोलाको १५ रुपैयाँ घटेको छ ।

आज चाँदी प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ।

मंगलबार चाँदी ८ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।