काठमाडौं/  हिजाे घटेको सुनको भाउ आज बिहिबार बढेकाे  छ ।आज ताेलामा रू २०० ले बढेर छापावाल सुन प्रतितोला ७५ हजार तथा तेजावी सुन ७४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाल सुन प्रतितोला ७४ हजार ८ सय तथा तेजावी सुन प्रतितोला ७४ हजार  ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आज सुनको भाउसँगै चाँदीमा पनि तोलाको ५ रुपैयाँ बढेकाे  छ ।आज चाँदी प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ।बुधबार चाँदी ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।