एजेन्सी/ भारतको गुजरातमा विवाहका लागि तयारी गरिरहेको एक जोडी स्तब्ध भएको छ । दुलाहाका पिता र दुलहीकी आमा भागेपछि जोडीको विवाह रोकिएको छ ।

आफ्ना आमाबुवा भागेपछि जोडीले बिहे स्थगित गर्ने निर्णय लियो । विवाह अर्को हप्ता हुने कार्यक्रम थियो ।

बेहुलाका पिता ४८ वर्षीय कपडा व्यापारी हुन् भने बेहुलीकी आमा ४६ वर्षीया गृहिणी हुन् । उनीहरू पुस २५ मा भागेका हुन् ।

भाग्ने आमाबुवाले बालककालदेखि नै एकअर्कालाई चिनेको र कतरगाम क्षेत्रमा उनीहरू नजिकै बस्ने गरेको बताइएको छ ।

पिता सुरतको कतरगाम क्षेत्रबाट हराए भने आमालाई पछिल्लोपटक गुजरातको नवसारीमा घरबाट निस्केको देखियो ।

दुवै परिवारले आमा बुवा हराएको उजुरी प्रहरीसमक्ष दिएको द टाइम्स अफ इन्डियामा समाचार छ ।

एक अज्ञात नातेदारले भने, ‘एउटै टोलमा बस्ने हुनाले उनीहरू एकअर्कालाई चिन्थे । उनीहरूको सम्बन्ध विगतमा पनि रहेकाले भागेको उनीहरूका नजिकैका साथीहरूले हामीलाई बताए ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय