
एजेन्सी/ अमेरिकाको लोकप्रिय टीभी शो द वेन्डी विलियम्स शोको शुक्रवारको एपिसोडमा एंकर विलियम्सले लाइभमै पादेकी छन् ।
५५ वर्षीया विलियम्सले फूटबल खेलाडी ओडेल बेकम जुनियरले कलेज फूटबल नेसनल च्याम्पियनशिप खेलपछि एक प्रहरीको नितम्बमा प्याट्ट हिर्काएर समस्यामा परेको विषयमा कार्यक्रम चलाइरहेकी थिइन् । कार्यक्रम चल्दै गर्दा उनले पादेकी थिइन् ।
विलियम्स आफैंले घटनामाथि टिप्पणी गरेकी छैनन् । तर धेरै प्रशंसकहरूले पादको आवाज सुनेको र उनले अनएयर नै पादेको बताए ।