काठमाडौं/ बिहीबार तोलामा २ सय रुपैयाँ बढेको सुन आज पनि बढेको छ ।आज सुन तोलामा २ सय रुपैयाँ बढेर छापावाल सुन प्रतितोला ७५ हजार २ सय तथा तेजावी सुन प्रतितोला ७४ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार छापावाल सुन प्रतितोला ७५ हजार तथा तेजावी सुन ७४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आज सुनको भाउ बढेपनि चाँदीको भाउ भने स्थिर रहेको छ ।आज चाँदी ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।