एजेन्सी/ टर्कीको एक अदालतले पिज्जामा थुकेकोमा दोषी ठहर भएका डेलिभरी बोयलाई १८ वर्षको कारावास सजाय दिएको छ ।

ग्राहकलाई पिज्जा दिनुअघि डेलिभरी बोयले थुकेको पाइयो । दोषीमाथि यसअघि नै ४ हजार लिरा जरिवाना लगाइसकिएको थियो । दोषीले ग्राहकको स्वास्थ्य र विश्वासलाई खतरामा पारेको ठहर गर्दै अदालतले उसलाई १८ वर्षको जेल सजाय दिएको हो ।

घटना सन् २०१७ मा भएको हो । टर्कीको एस्किशर शहरमा ग्राहकको अपार्टमेन्टमा राखिएको सीसीटीभी क्यामरामा पिज्जामा थुकिएको घटना कैद भएको थियो । फूटेजमा बुराक एस नामक डेलिभरी बोयले पिज्जामा थुकेको र आफ्नो मोबाइल फोनमा त्यसको भिडियो समेत बनाएको देखिन्छ ।

दोषी बुराकले किन पिज्जामा थुकेका हुन् भन्ने अझैसम्म थाहा हुन सकेको छैन । दोषीले खाना विषाक्त बनाएको र ग्राहकको स्वास्थ्यलाई हानि गरेकोले अदालतले १८ वर्षको कारावास सजाय उपयुक्त हुने फैसला दिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah