काठमाडौंः नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला ५ सय रुपैंयाले बढेको छ ।

आइतबार प्रतितोला ७५ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको सुनको मूल्य आज ७६ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यस्तै तेजाबी सुनको मूल्य पनि आज बढेको छ । आइतबार ७५ हजार ९२सय प्रतितोला कारोबार भएको तेजाबी सुन आज बढेर ७५ हजार ७ सय पुगेको छ ।

सोमबार चाँदीको मूल्य पनि घटेको भएको छ । आइतबार प्रतितोला ८ सय ९५ रहेको चाँदी आज ५ रुपैंयाले घटेर ९ सय पुगेको महासंघले जनाएको छ ।