काठमाडौं / आज साताको दोस्रो दिन सोमबार पनि सुनको भाउ बढेकाे छ। आइतबार तोलामा ३ सय रुपैयाँले  बढेको सुन आज ५ सय रुपैयाँ बढेको हो ।

आज छापावाल सुन प्रतितोला ७६ हजार तथा तेजावी सुन प्रतितोला ७५ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आइतबार छापावाल सुन प्रतितोला ७५ हजार ५ सय तथा तेजावी सुन प्रतितोला ७५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज सुनको भाउसँगै चाँदीको भाउ पनि बढेको छ। आज चाँदी प्रतितोला ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला ८ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।